वेबटिभी खबर
काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण पोखरा महानगरपालिकाका बस्ती डुबानमा परेको छ । शनिबार बिहानै पोखरा महानगर-२५ सुईखेतमा डेढसय घर डुबानमा परेका छन् । पहिरो खसेर खोला थुनिएपछि बस्ती डुबानमा परेको हो ।
त्यहाँका डेढ सय घरका प्रभावितलाई सुरक्षित ठाउँमा सारिएको वडाध्यक्ष मोतीराज तिमिल्सिनाले जानकारी दिए । बस्तीसँगै ब्यावसायिक फार्महरुमा पूर्ण क्षति भएको उनको भनाइ छ ।
त्यस्तै पोखरा महानगरपालिका वडा नम्बर-१६ अर्मलास्थित खोलाखेतमा रहेको एक घर पहिरोले बगाएको छ । मानवीय क्षति भने भएको छैन । अन्य क्षेत्रका पनि सडक बगाएको छ । यातायात अबरूद्ध भएको प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij