Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

अनलाइनबाट परिचय पत्र विवरण गर्न हेल्पडेक्स स्थापना

अनलाइनबाट परिचय पत्र विवरण गर्न हेल्पडेक्स स्थापना

  • 479
    SHARES
  • अनलाइनबाट परिचय पत्र विवरण गर्न हेल्पडेक्स स्थापना

    वीरगञ्ज । पर्सा जिल्ला प्रशासन कार्यालयले अनलाइनमार्फत राष्ट्रिय परिचय पत्र विवरण गर्न हेल्पडेक्स स्थापना गरेको छ ।

    हेल्पडेक्समार्फत सेवाग्राहीका लागी निःशुल्करूपमा राष्ट्रिय परिचय पत्रका लगि विवरण भर्ने कार्य प्रारम्भ गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

    विवरण फारम भर्न सेवाग्राहीबाट अस्वभाविकरूपमा शुल्क लिइ साइबर कप्युटर र स्टेशनरी पसलहरूले अनलाइन फारम भरेको गुनासो आएपछि प्रशासनले यस्तो काम थालेको हो ।

    जिप्रकाको कोठा नम्बर ७ बाट निःशुल्करूपमा अनलाइन फारम भर्ने व्यवस्था पनि मिलाइएको सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताए ।

    कार्यालयद्धारा जारी सूचनामा शुल्क लिएर कुनै स्टेशनरी तथा साइबर पसलहरूलाई राष्ट्रिय परिचय पत्रका लागि अनलाइन फारम नभर्न/नभराउन पनि आग्रह गरिएको छ । सूचना विपरीत कसैले शुल्क लिएर अनलाइन फारम भरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुने पनि उल्लेख छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij