वेबटिभी खबर
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरूले नेकपा एमालेबाट विद्रोह गरेर देशलाई अस्थिर राजनीतिबाट जाेगाएको बताएका छन् ।
केन्द्रीय कमिटीको बैठकपछि आयोजित कार्यक्रममा उनले पार्टी फुटाएर अलग्गै नभएको भए लोकतन्त्र, संघीयता र संविधानमाथि आक्रमण हुने बताए ।
यसकारण विद्रोह गरेर देश र नेपाली जनताको लागि ठिक काम गरेको उनले दाबी गरे । कार्यक्रममा उनले प्रतिनिधिसधा र प्रदेशसभा निर्वाचनको लागि तयारीमा लाग्न पनि निर्देशन दिए ।
उनले आगामी निर्वाचनमा कति स्थानमा उम्मेदवारी दिने भन्ने विषयमा विश्लेषण गर्न पार्टीका नेताहरूलाई निर्देशन दिएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij