Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

पार्टीभित्र र सत्तामा पुगेपछि निजी स्वार्थ देखिनु हुँदैन : अध्यक्ष नेपाल

पार्टीभित्र र सत्तामा पुगेपछि निजी स्वार्थ देखिनु हुँदैन : अध्यक्ष नेपाल

  • 394
    SHARES
  • पार्टीभित्र र सत्तामा पुगेपछि निजी स्वार्थ देखिनु हुँदैन : अध्यक्ष नेपाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्र र सत्तामा पुगेपछि व्यक्तिले निजी स्वार्थ देखाउन नहुने बताएका छन् ।

    केन्द्रीय कमिटिको बैठकपछि आयोजित कार्यक्रममा उनले व्यक्तिवाद हाबी भयो भने वा अहंकार बढ्यो भने नेकपा एमालेको नेतृत्वको हालत जस्तो हुने बताए ।

    उनले भने, ‘व्यक्तिवादकै कारण पार्टीभित्र कुनै पनि विषयमा छलफल भएन । कुरा समाजवादको गर्ने व्यवहार व्यक्तिवाद भएकै कारण पार्टीको कुनै पनि तहमा कुनै पनि विषयमाथि छलफल भएन । जनताका पीर, मर्का र समस्यालाई नेकपा एमालेले केन्द्रमा राखेन । त्यही कारण अहिले सरकार बाहिर रहनु परेको छ ।’

    अहिले देशमा भइरहेको भ्रष्टाचार वृद्धि र महंगीको विरोधमा नेकपा एकीकृत समाजवादी जनताको साथमा रहेको उनको भनाइ छ । उनले भने, ‘हाम्रौ विरोधका कारण प्रधानमन्त्रीले सत्ता साझेदार दलबीच बैठक बोलाउनु भयो र हाम्रै अडानका कारण करको दर घटाएर पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटेको छ ।’

    कार्यक्रममा उनले पाँच दलीय गठबन्धन र विद्रोहको आवश्यकता बारे अब प्रश्न नउठ्ने पनि बताए ।

    उनले भने, ‘ कथित १० भाईले अझै पनि हामीलाई धारेहात लगाई रहेका छन् । उनीहरूको त्यो पार्टीमा कुनै हैसियत छैन । एउटा दासको जस्तो अवस्था छ । त्यस्ता व्यक्ति अझै पनि हाम्रो बारेमा टिप्पणी गरिरहेका छन् ।’

    उनले उक्त कुरा नेकपा एमालेका नेता योगेश भट्टराई,धनश्याम भूसाल, डा.भीम रावल लगायतलाई लक्षित गरेर भनेका हुन् ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij