Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

गायक प्रकाश सपुतलाई कोरोना संक्रमण 

गायक प्रकाश सपुतलाई कोरोना संक्रमण 

  • 1.5K
    SHARES
  • गायक प्रकाश सपुतलाई कोरोना संक्रमण 

    काठमाडौं । गायक प्रकाश सपुत कोरोना भाइरसबाट संक्रमित भएका छन् । उनले आफू संक्रमित भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् ।

    images

    संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा बसेको उनले बताएका छन् । अहिले प्रकाशको अवस्था सामान्य रहेको छ । 

    प्रकाशले सामाजिक सञ्जालमा फेसबुकमा लेखेका छन्, ‘अन्ततः काठमाडाैं मेडिकल कलेजका अनुसार मेरो पिसिआर रिपोर्टमा कोरोना पोजिटिभ देखिएको छ । सर्वप्रथम त यो बीचमा मेरो प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबै जनाले पिसिआर टेस्ट गर्नु होला । एकदमै धेरै शरिर दुख्नेर गल्ने, छटपटि हुने, टाउको भारी हुने,घरीघरी श्वास बढ्ने र केहि हुन्छ कि जस्तो एन्जाईटि फिल भएपछि मैले पिसिआर टेस्ट गरेको थिए । म होम आइसाेलेसमा छु । अवस्था सामान्य छ । कोरोना जित्न सकिन्छ भन्ने आत्मबल त राखौ तर यसलाई सामान्य भने नठानौ । किनकि लक्षण सामान्य भएपनि यसले निकै हतोत्सािहित बनाउने रहेछ । सतर्कता अपनाउ । सुरक्षित बसौं ।’

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology