वेबटिभी खबर
काठमाडौं । कास्कीको पोखरा महानगरपालिका-१३ गौडामुखमा गएराती मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा लम्जुङ घर भई हाल कास्कीको पोखरा महानगरपालिका-१३ भद्रकाली बस्ने अन्दाजी ५३ बर्षीया जुना कुमारी गुरूङ रहेकी छिन् ।
पैदलयात्री गुरूङलाई गएराती पौने १० बजे ग११प ७३८५ नम्बरको मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते भएकी गुरूङको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा राती साढे १२ बजे मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij