Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

एमबीबीएस अध्ययनका लागि मैवाखोलाले २० लाख सहयोग गर्ने

एमबीबीएस अध्ययनका लागि मैवाखोलाले २० लाख सहयोग गर्ने

  • आषाढ १३, २०७९ सोमवार ११:४२ बजे
  • 408
    SHARES
  • एमबीबीएस अध्ययनका लागि मैवाखोलाले २० लाख सहयोग गर्ने

    काठमाडौं । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले एमबीबीएस पढाउन आर्थिक  सहयोग गर्ने भएको छ। यसका लागि अध्ययन पुरा गरेपछि उसले पाँच वर्ष गाउँपालिकाभित्र सेवा गर्नुपर्ने सर्त पालिकाले राखेको छ ।

    यसबाट गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा सुधार आउने विश्वास गरिएको छ । गत शुक्रबार मैवाखोलाको ११ औँ गाउँसभाले ५ वर्षमा एक डाक्टर उत्पादन गर्ने निर्णय गरेको हो ।

    गाउँपलिकाले एमबीबीएस पढाउन सहयोग गर्न लागेको प्रवक्ता चन्द्रकुमार तामाङले बताए । आगामी  २०७९/०८० आर्थिक वर्षको बजेटबाट एमबीबीएस  पढाउनको लागि २० लाख बजेटसमेत गाउँपालिकाले विनियोजन गरेको उनले बताए ।

    गाउँपालिकाभित्रका विद्यार्थीलाई एमबीबीएस अध्ययनका लागि प्रवेश परीक्षामा उत्तीर्ण हुने एक विद्यार्थीलाई गाउँपालिकाले पढाइमा लाग्ने खर्च तथा अन्य खर्चसमेत गाउँपालिको उपलब्ध गराउने प्रशासकीय अधिकृत देवी तुम्बापोले जानकारी दिए ।

    उनले भने, ‘एमबीबीएस पढाउनका लागि गाउँपालिकाले पहिलोपटक  २० लाख विनियोजन गरेको छ । प्रत्येक वर्ष बजेट विनियोजन गर्दै जाने छ ।’ सुगमदेखि दुर्गममा गाउँमा डाक्टर आउन नमान्ने र आइहाल्ले पनि लामो समय नबस्ने भएकाले आफ्नै गाउँबाट डाक्टर उत्पादन गर्नतिर लागेको मैवाखोलाका अध्यक्ष विजय प्रकाश वनेमले बताए ।

    पालिकाभित्रका ज्येष्ठ नागरिक अपांगता भएका नागरिकका लागि प्रत्येक महिना घरमै स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधि उपचार गर्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिका केन्द्र साँघुमा एक जना एमबीबीएस डाक्टरको पदपूर्ति गर्ने र फारर्मेसी सेवासमेत सञ्चालन गर्न गाउँपालिकाले आवश्यक बजेट विनियोजन गरेको उनले बताए ।

    गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने र अतिविपन्न नागरिकलाई नेपालभित्रका जुनसुकै स्वास्थ्य संस्थासम्म पुर्याउन न्यूनतम सेवा शुल्कका आधारमा सेवा प्रदान गर्ने गाउँपालिकाले जनाएको  छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij