वेबटिभी खबर
काठमाडौं । सप्तरीको डाक्नेश्वरी नगरपालिका-१ कबिलासामा गएराती जीपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
डाक्नेश्वरी नगरपालिका-४ भुतहीका ५० वर्षीय रघुबिर रामको मृत्यु भएको हो ।
पैदल हिडिरहेका उनलाई गएराती पौने १२ बजे बा १८ च ९३९० नम्बरको जीप पछाडी सार्ने क्रममा ठक्कर दिएको थियो ।
जीपको ठक्करबाट उनको टनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जीपसहित चालकलाई ईलाका प्रहरी कार्यालय पातोले नियन्त्रणमा लिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij