वेबटिभी खबर
काठमाडौं । काठमाडौं उपत्यकामा १२ जना हैजाका बिरामी भेटिएका छन् । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दीपेन्द्ररमण सिंहले हालसम्म १२ जनामा हैजा पुष्टि भएको बताएका हुन् ।
तीमध्ये ८ जना उपचारपछि घर फर्किसकेका छन् भने ४ जनाको उपचार भइरहेको छ । यस वर्ष उपत्यकामा पहिलो पटक यही असार ५ गते दुई जनामा हैजा पुष्टि भएको थियो ।
यही असार २ गते शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना भएका १८ र २३ वर्षीय बिरामीमा हैजा पुष्टि भएको थियो । उनीहरू कामपा-२८ बागबजारमा बस्दै आएका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij