Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

किराँत समुदायको समाधिस्थल भत्काएपछि विवाद

किराँत समुदायको समाधिस्थल भत्काएपछि विवाद

  • 780
    SHARES
  • किराँत समुदायको समाधिस्थल भत्काएपछि विवाद

    झापा । मेचीनगर नगरपालिका-६ काँकडभिट्टास्थित समाधिस्थल भत्काएको विषयमा विवाद भएको छ । 

    images

    किरात समुदायले प्रयोग गर्दै आएको सो सामूहिक समाधिस्थल डोजर लगाएर भत्काइएपछि विवाद उब्जिएको हो । लिम्बु, राईलगायत किराँत समुदायले पचास वर्षदेखि प्रचलनमा ल्याएको सो समाधिस्थल बुधबार नगरपालिकाले डोजर प्रयोग गरेर भत्काएकोमा उनीहरुले विरोध जनाएका हुन् । 

    नेपाल आदिवासी जनजाति महासंघ मेचीनगर समन्वय परिषद्का अध्यक्ष ओमप्रकाश खापुङले यो घटनालाई किरात सम्प्रदायको धार्मिक तथा सांस्कृतिक आस्थामाथिको प्रहार भएको बताउँदै बिनाशर्त पुनःस्थापनाको माग गरेका छन् ।

    मेची पुलको दक्षिणपट्टी पाँच कठ्ठा जग्गामा रहेको सो समाधिस्थलमा २०० भन्दा बढी चिहान छन् । पितृका नाममा राखिएका शिलास्तम्भहरु भताभुंग बनाइएकोमा स्थानीय किरात समुदाय भावविह्वल बनेको उनले बताए ।

    धार्मिक संस्कार र पितृसँगको भावनात्मक नाता गाँसिएको पवित्र समाधिस्थल भत्काइएपछि आक्रोशित बनेका महिला र वृद्धवृद्धासहित किरात समुदायको ठूलो संख्या बिहीबार विरोध पत्र बुझाउन नगरपालिका पुगेको थिए ।

    सो अवसरमा नगरप्रमुख आचार्यले नगरपालिकाले समाधिस्थल नभत्काएको बताउँदै यस विषयमा आवश्यक अध्ययन अनुसन्धान गरी वास्तविकता बाहिर ल्याउने र समस्याको समाधान खोजिने प्रतिबद्घता व्यक्त गरे । ‘

    सशस्त्र प्रहरी बल २ नं गण झापाका गणपति रमेशकुमार पाण्डेले किरात समुदायको पवित्र एंवम् धार्मिक भावनासँग जोडिएको समाधिस्थल सशस्त्र प्रहरीले नभत्काएको दाबी गरेका छन् । खोलाखोल्सा र डाँडापाखामा पाल टाँगेर बस्दै आएको सशस्त्र प्रहरीले कहिले पनि समुदायको धार्मिक आस्थामाथि आघात पुर्याउने काम नगर्ने उनको भनाइ छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology