Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

कर्णाली प्रदेशका ठूला आयोजनामा लगानी गर्दै ऊर्जा विकास मन्त्रालय

कर्णाली प्रदेशका ठूला आयोजनामा लगानी गर्दै ऊर्जा विकास मन्त्रालय

  • 479
    SHARES
  • कर्णाली प्रदेशका ठूला आयोजनामा लगानी गर्दै ऊर्जा विकास मन्त्रालय

    काठमाडौं । कर्णाली प्रदेशको जलस्रोत तथा उर्जा विकास मन्त्रालयले ठूला आयोजनामा लगानी सुरु गरेको छ । साना आयोजनाभन्दा पनि प्रतिफल राम्रो देखिने ठाउँमा लगानी गर्नुपर्ने उद्देश्यका साथ ठूला आयोजना केन्द्रित गरेको जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले बताए ।

    images

    केन्द्रीय विद्युत नपुगेका हिमाली जिल्लामा सौर्य मिनिग्रेटमा लगानी गरि त्यहाँ विद्युतीकरण गर्ने अभियान सुरु भएको उनले बताए ।

    मुगु, हुम्ला र डोल्पामा सौर्य मिनिग्रेट स्थापना कार्य सुरु भएको छ । त्यस्तै अन्य जिल्लाका विद्युत नपुगेको ठाउँमा सौर्य मिनिग्रेट स्थापना गरि गाउँगाउँमा विद्युतीकरण गर्ने काम सुरु भएको उनले बताए ।

    ग्रामीण विद्युतीकरणअन्तर्गत विद्युत प्रसारण लाइन पुगेका सात जिल्लाका गाउँगाउँमा विद्युत पुर्याई जनताले महसुस गर्ने गरि काम गर्नसमेत बजेट खर्च गरिन लागिएको हो ।

    त्यस्तै १० जिल्लामा कर्णाली उज्यालो कार्यक्रमबाट थप ठाउँमा विद्युत् पुर्याइरहेको र बन्द भएका साना जलविद्युतलाई सुचारु गर्न सक्रियाताका साथ काम सुरु भएको मन्त्रालयले जनाएको छ ।

    २० मेगावाटसम्मका विद्युत् आयोजना पहिचान गरि विस्तृत सम्भाव्यता अध्ययन गर्ने, डिपिआर तयार भएका आयोजनालाई निर्माण कार्यमा लिनसमेत बजेट विनियोजन गरिएको छ ।

    तिला र जोवा नदीमा जलविद्युत परियोजना अध्ययन तथा निर्माणका लागि समेत बजेट विनियोजना गरिएको मन्त्री सिंहले बताए ।

    १०७ मेगावाट उत्पादन क्षमता रहेको जगदुल्ला जलविद्युत आयोजना डोल्पा, रारा जलविद्युत आयोजना दैलेख र ताक्सुगाड जलविद्युत आयोजना जाजरकोटलाई ऊर्जा विकास मन्त्रालयले बजेट विनियोजन गरी काम सुरु गर्न ८७ करोड ६० लाख रुपैयाँ खर्च गर्न लागेको छ ।

    कर्णाली जनता सिंचाइ कार्यक्रम, सिंचाइ संरचना निर्माण र टार सिंचाइ कार्यक्रम र सिंचाइ पूर्वाधार आवधिक तथा नियमितलाई ५६ करोड  रुपैयाँ लगानी गरी काम सुरु गर्न लागिएको छ ।  प्रदेश राजधानी सुर्खेतमा खानेपानी कार्यक्रमलाई मुख्य रुपमा ध्यान दिइएको छ ।

    सल्यानको शारदा नगरपालिकामा बृहत् खानेपानी सञ्चालन ल्याउने भएको छ । खानेपानी पूर्वाधारहरुको आवधिक तथा नियमित मर्मततर्फ पनि बजेट विनियोजन गरिएको छ ।

    नदी नियन्त्रण तथा पहिरो व्यवस्थापन, कर्णाली प्रदेश जनता तटबन्धको कार्यक्रमलाई जोड दिइएको छ । ठूला आयोजनाको पूर्वसम्भाव्यता अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तथा गुरुयोजना तयार गरि आवश्यक काम गर्ने कार्य सुरु भएको छ ।

    दुई अर्ब २२ करोड बजेट विनियोजन गरेको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले यसपटक पुराना तथा निर्माण कार्य पूरा नभएका अधिकांश योजनालाई बजेट विनियोजन गरि अधुरा काम सबै सम्पन्न हुने बताएको छ ।

    असन्तुलित बजेटलाई समावेशी बनाएर काम गर्न आफू लागिपरेको मन्त्री सिंहले बताए । जगदुल्ला, ताक्सुगाड र रारा जस्ता जलविद्युत कर्णालीका लागि राम्रो परिणाम दिने योजनामा पर्दछन् । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology