Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

देउवाको प्रश्न-अविश्वासको प्रस्ताव पास भएन भने के गर्ने ? 

देउवाको प्रश्न-अविश्वासको प्रस्ताव पास भएन भने के गर्ने ? 

  • 1.1K
    SHARES
  • देउवाको प्रश्न-अविश्वासको प्रस्ताव पास भएन भने के गर्ने ? 

    काठमाडौं । कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध तत्कालै अविश्वासको प्रस्ताव नल्याउने बताएका छन् । अविश्वास प्रस्तावको पक्षमा तत्काल संख्या नपुग्ने उनले बताए ।

    images

    निजी निवास बुढानिलकण्ठमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले कांग्रेससहित विपक्षी दहहरूसँग पर्याप्त संख्या नपुग्ने देखिएकाले तत्काल ओली नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नसकिने उल्लेख गरे । 

    ‘सरकार बनाउन त बहुमत चाहियो नि । जसपाले निर्णय गरेको छैन । हामीसँग बहुमत छैन के गर्ने ?’ पत्रकारहरुसँग सभापति देउवाले भने, ‘अविश्वास प्रस्ताव पारित भएन भने के गर्ने ?’ 


    कांग्रेसको नेतृत्वमा सरकार बन्छ ? भन्ने प्रश्नमा देउवाले भने,  ‘हामीसँग सरकार बनाउने संख्या नै छैन । जसपाले निर्णय नगरी कसरी हुन्छ ?’

    ओली नेतृत्वको विकल्पमा सरकार बनाउनका लागि वार्ताहरु भइरहेको उल्लेख गर्दै उनले सबै कुरा भन्न नसकिने स्पष्ट पारे । 

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology