Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

अस्पतालका कर्मचारी मृतअवस्थामा फेला

अस्पतालका कर्मचारी मृतअवस्थामा फेला

  • 398
    SHARES
  • अस्पतालका कर्मचारी मृतअवस्थामा फेला

    झापा । झापाको बिर्तामोड नगरपालिकास्थित पूर्णटङग विर्तासिटी अस्पतालका कर्मचारी मृतअवस्थामा फेला परेका छन् ।

    अस्पताल परिसरमै रहेको कर्मचारी निवासमा आज बिहान अस्पतालका कर्मचारी ५१ वर्षीय डिल्लीराम बाँस्कोटा मृतअवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक गुरु तिम्सिनाले जानकारी दिए ।

    गौरादह-३ का बाँस्कोटा कार्यालय समयमा नउठेपछि गएर हेर्दा मृत फेला परेको पाइएको प्रहरीले जनाएको छ । ‘शरीरमा कुनै चोटपटक छैन’, प्रहरी निरीक्षक तिम्सिनाले भने, ‘घटनका सम्बन्धमा अनुसन्धान भइरहेको छ ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij