Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

कृषिक्षेत्रलाई आधुनिकीकरण र व्यवसायिकतातर्फ अगाडि बढाउनुपर्छ : प्रदेश प्रमुख शर्मा

कृषिक्षेत्रलाई आधुनिकीकरण र व्यवसायिकतातर्फ अगाडि बढाउनुपर्छ : प्रदेश प्रमुख शर्मा

  • 429
    SHARES
  • कृषिक्षेत्रलाई आधुनिकीकरण र व्यवसायिकतातर्फ अगाडि बढाउनुपर्छ : प्रदेश प्रमुख शर्मा

    काठमाडौं । प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले राष्ट्रिय धान दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् । १५ असारमा राष्ट्रिय धान दिवस मनाइने गरिन्छ ।

    सोही अनुसार बुधबार प्रदेश प्रमुख शर्माले नेपाललाई खाद्यान्नमा आत्मनिर्भर बनाउन यस दिवसबाट हामीलाई प्रेरणा प्राप्त होस् भन्दै कामना गर्दै शुभकामना व्यक्त गरेका हुन् ।

    ‘मानो रोपेर मुरी उब्जाउने’ महिनाको मध्ये दिनका सन्दर्भमा शुभकामना व्यक्त गर्दै  शर्माले १८ वर्षअघि नेपाल सरकारले राष्ट्रिय धान दिवस घोषणा गरी मनाउन थालेयता यस दिवसलाई महत्व दिइएको बताए ।

    ‘हामी विशेष महत्वका साथ यो दिवस मनाउँदै आइरहेका छौं । यो अवसरमा सम्पूर्ण देशवासीका साथै बाग्मती प्रदेशवासी कृषक दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’ शर्माले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

    शर्माले नेपालमा पाइने लगभग २ हजार जातका धानमध्ये सयौं प्रजाति हराउनु कतिपय लोप हुने अवस्थामा पुग्नु चिन्ताको विषय भएको बताए ।

    मुख्य खाद्यान्न बाली धानको संरक्षण गर्दै कृषिक्षेत्रलाई आधुनिकीकरण गर्ने र निर्वाहमुखी कृषिलाई व्यवसायिकतातर्फ अगाडी बढाउने सवालमा राज्यका निकायहरुको ध्यान जानु अझ आवश्यक भएको शर्माको शुभकामना सन्देशमा उल्लेख छ ।

    subhakamana.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij