Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

कोरोना प्रभावितलाई सहयोग गर्न प्रियंका-निकले दुई करोड जम्मा गरे

कोरोना प्रभावितलाई सहयोग गर्न प्रियंका-निकले दुई करोड जम्मा गरे

  • 748
    SHARES
  • कोरोना प्रभावितलाई सहयोग गर्न प्रियंका-निकले दुई करोड जम्मा गरे

    मुम्बई । बलिउड अभिनेत्री प्रियंका चोपडा र उनका श्रीमान निक जोनसले भारतमा कोरोना महामारी प्रभावितका लागि सहयोग गरेका छन् । उनीहरुले कोभिड-१९ फन्डरेजर सुरु गरेर विश्वभरका मानिससँग भारतलाई सहयोग गर्न अपिल गरेका थिए ।

    images

    प्रियंका र निकले सुरु गरेको अभियानपछि २४ घण्टामा फन्डरेजरमा दुई करोड ५० लाख भारु जम्मा भएको छ । धेरैले सहयोग गरेपछि जोनस दम्पतीले सबैलाई धन्यवाद भनेका छन् । 

    प्रियंका चोपडाले हालसालै आफ्नो सोशल मिडिया खाताबाट यस कठिन समयमा सहयोगको लागि अघि आउनेहरूलाई धन्यवाद दिएकी छिन् ।

    निक जोनससँग एक भिडियो सेयर गर्दै अभिनेत्रीले ‘टुगेदर फर इण्डिया’ लेखेकी छन्, ‘तपाईको सबै समर्थन र सहयोगका लागी धन्यवाद । तपाईहरुको योगदानले भारतमा बढ्दो कोभिड १९ विरूद्ध ठूलो परिवर्तन ल्याउनेछ । अझ धेरै काम बाँकी छ र हामी आशा गर्छौं, हामीले सुरू गरेको कामलाई निरन्तरता दिनेछौं । कृपया सहयोग गर्नुहोस् ।'

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology