Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

कोभिड नियन्त्रण गर्न टोल विकास संस्थालाई सक्रिय हुन आह्वान

कोभिड नियन्त्रण गर्न टोल विकास संस्थालाई सक्रिय हुन आह्वान

  • 477
    SHARES
  • कोभिड नियन्त्रण गर्न टोल विकास संस्थालाई सक्रिय हुन आह्वान

    हेटौंडा । वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले कोभिड-१९ को संक्रमणको जोखिम हुन नदिन पुनः सचेतना अभियान सञ्चालन गर्ने भएको छ । यसका लागि मन्त्रालयले १३ वटै जिल्लाका स्थानीय तहअन्तर्गत रहेका टोल विकास संस्थालाई पुनः सक्रिय हुन आह्वान समेत गरेको छ । 

    मन्त्रालयका आज आयोजित पत्रकार सम्मेलनमा सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले जिल्ला अस्पताललाई कारोना अस्पतालमा रुपान्तरण गर्दै संक्रमितको उपचारमा पहिलो प्राथमिता दिने व्यवस्था मिलाइएको जानकारी समेत दिए ।

    उनले भने, ‘कोरानाका बिरामीलाई आवश्यक पर्ने अक्सिजन, भेन्टिलेटर र आइसियूको व्यवस्था गरिनेछ । यसका लागि आवश्यक श्रोत र साधन उपयोग गरिने छ ।’ कोरोना संक्रमण नियन्त्रणका लागि अल्पकालीन र  दीर्घकालीन योजना कार्यान्वयन समेत भइरहेको उनले बताए । 

    सामाजिक विकास राज्यमन्त्री डा रामकुमार अधिकारीले संक्रमण न्यूनिकरण गर्न अस्पतालमा दक्ष चिकित्सक, सुविधायुक्त प्रयोगशाला सहित अक्सिजन र भेन्टिलेटरको व्यवस्थापन गरिएको जानकारी दिए । उनले स्वास्थ्य मापदण्डलाई पालना गर्न आग्रह गरे ।  

    नेपाल पत्रकार महासंघका अध्यक्ष मणिराज गौतमले कोरोना नियन्त्रणका लागि सरकार, सामाजिक क्षेत्र र  स्थानीय निकायका बीचमा प्रभावकारी समन्वयको खाँचो औंल्याउँदै घरदैलोमा जनचेतना पुर्‍याउन आग्रह गरे ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij