Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

हाम्रै लापरबाहीमा सुधार गरे धानमा आत्मनिर्भर हुन्छौं : अध्यक्ष ओली

हाम्रै लापरबाहीमा सुधार गरे धानमा आत्मनिर्भर हुन्छौं : अध्यक्ष ओली

  • 401
    SHARES
  • हाम्रै लापरबाहीमा सुधार गरे धानमा आत्मनिर्भर हुन्छौं : अध्यक्ष ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालका ६० प्रतिशत मानिस कृषि पेशामा भएर पनि आयतको ठूलो हिस्सा कृषिजन्य सामग्री नै हुनु दुःखद् भएको बताएका छन् ।

    १९औं धान दिवसको अवसरमा भक्तपुरको सिरूटारमा अयोजित रोपाई महोत्सवमा उनले यो स्थिति हाम्रै लापरबाहीका कारण आएको बताएका हुन् ।

    उनले अब यस्तो स्थितिलाई सुधार गर्नु पर्ने बताए । अहिले हामी आफैँले गर्दै आएको लापरबाही, असावधानी, प्रयासहरूको कमीको अन्त्य गर्नुपर्ने उनकाे भनाइ छ ।

    यो अवस्थाको सुधार गरेसँगै हामी कृषिको व्यवसायीकीकरणतर्फ लम्कने उनले बताए । आफैँलाई सुधार गरे उन्नत बिउँ र आफ्नै जीवनस्तरसमेत सुधार गर्न सकिने उनले बताए ।

    उनले भने, ‘नेपाल कृषि प्रधान देश हो । हाम्रो मुख्य कृषि उत्पादन पनि धान नै हो । नेपालको हावापानी र माटो सबै हिसाबले धान उत्पादनका लागि उपयुक्त छ ।’ 

    यो सबै भू-भाग र वातावरणलाई हामीले सदुपयोग गर्नु पर्ने उनको भनाइ छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij