Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

बलात्कारको आरोपमा वडाअध्यक्षसहित दुईजना पक्राउ

बलात्कारको आरोपमा वडाअध्यक्षसहित दुईजना पक्राउ

  • 411
    SHARES
  • बलात्कारको आरोपमा वडाअध्यक्षसहित दुईजना पक्राउ

    बैतडी । बलात्कारको आरोपमा वडाअध्यक्षससहित दुईजना पक्राउ परेका छन् । पक्राउपर्नेमा जिल्लाको मेलौली नगरपालिका-१ का वडाध्यक्ष शरदसिंह नेगी र सोही ठाउँका केशवसिंह नेगी रहेका छन् ।

    २८ वर्षीया महिलालाई गत चैत १५ गते बलात्कार गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो । पीडितको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

    पीडित महिलाको स्वास्थ्य परीक्षण उजुरी दिएकै दिन जिल्ला अस्पतालमा गरिएको छ । आरोपित दुवैजनालाई हिरासतमा राखी अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पीडित महिला परिवारकै संरक्षणमा रहेकी छिन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij