वेबटिभी खबर
काठमाडौं । भूमि आयोगका अध्यक्ष ज्ञानबहादुर गोलेले महोत्तरीमा लालपुर्जा वितरण प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन् ।
जिल्लाभित्र रहेका अव्यवस्थित, भूमिहीन तथा सुकुम्बासीहरूलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको गोलेको भनाइ छ ।
प्राविधिकहरूले फिल्डमै पुगेर लागत संकलन तथा नाप, नक्सा अन्तिम चरणमा प्रविष्ट गरेसँगै लालपुर्जा वितरण अन्तिम चरणमा पुगेको अध्यक्ष गोलेले जानकारी दिए । लालपुर्जाको नक्सांकनसमेत तयारी भैइसकेको छ ।
उनले भने, ‘अब वितरणको तयारी गर्नुपर्छ । विशेषगरी बर्दिबास नगरपालिकाभित्र अव्यवस्थित, भुमिहीन तथा सुकुम्बासीहरूको ठुलो समस्या छ ।’ उनका अनुसार नगरभित्र रहेका सबैको नक्सासमेत तयारी भैइसकेको हुनाले अहिले फिल्डमा पुगेर प्रावधिकहरूले प्रमाणीकरण अगाडि बढाएका छन् ।
अध्यक्ष गोलेका अनुसार नगरको १४ वटा वडामध्ये आधा वडामा प्रमाणीकरण प्रक्रिया सम्पन्न भैइसकेको छ । बर्दिबास नगरपालिकामा मात्र १०औँ हजार परिवार एलानी जग्गामा बसोबास गर्दै आएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij