Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

सुनोदको निर्देशन र कुशलको स्वरमा हावा सरर (भिडियोसहित) 

सुनोदको निर्देशन र कुशलको स्वरमा हावा सरर (भिडियोसहित) 

  • 1.2K
    SHARES
  • सुनोदको निर्देशन र कुशलको स्वरमा हावा सरर (भिडियोसहित) 

    काठमाडौं । भ्वाइस अफ नेपाल पहिलो संस्करणबाट चर्चामा आएका गायक कुशल आचार्यले आफ्नै शब्द, संगीत र स्वरमा हावा सरर बोलको गीत सार्वजनिक गरेका छन् । गीतको भिडियो अष्ट्रेलियाको मेल्बर्नमा छायांकन गरिएको छ । भिडियोको निर्देशन सुनोद श्रेष्ठले गरेका छन् । 

    images

    भिडियोमा रेसा सापकोटा, रोजिना उदास र इश्वर पोखरेलले अभियनय गरेका छन् भने गायक आचार्य र निर्देशक श्रेष्ठलाई पनि देख्न सकिन्छ ।

    यसको छायांकन सुनेस श्रेष्ठले गरेका हुन् भने निर्देशक सुनोदन मोडलिङमा पनि क्रियाशील छन् । 

    ‘सात समुन्द्रपारि, बिर्सन सक्दिनँ, ‘तिमी र म’ उनका रुचाइएका म्युजिक भिडियो हुन् । श्रेष्ठले अष्ट्रेलियन टेलिभिजन च्यानल सेभनका प्रसारण हुने विनर एण्ड लुजरको संस्करणमासमेत अभिनय गरेका छन् । 

    अष्ट्रेलियाको टेलिभिजन एसबीएस मार्फत प्रसारण हुने टेलिफिल्म विल्फेर्ड दी डगमा पनि अभिनय गरेका थिए । यस्तै, हास्य टेलिश्रृखंला उत्पादन गर्ने कमेडी टेलिभिजनको ओपन स्यालदरमा पनि उनले  काम गरिसकेका छन् ।

    च्यानल नाइनमार्फत प्रशारण भएको ग्यालोपोली वारमा गोर्खालीको रुपमा उनले गरेको अभिनय निकै चर्चित थियो । सुनोदले सन् २०१६ मा अष्ट्रेलियन फिचर फिल्म दी मेन कफ मेथोडमा पनि अभिनय गरेका थिए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology