Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

शेयर बजारमा छलाङ, परिसूचकमा ७५ अंकले वृद्धि 

शेयर बजारमा छलाङ, परिसूचकमा ७५ अंकले वृद्धि 

  • 385
    SHARES
  • शेयर बजारमा छलाङ, परिसूचकमा ७५ अंकले वृद्धि 

    काठमाडौं । साताको पाँचौँ कारोबार बिहीबार शेयर बजारमा छलाङ आएको छ । केही महिनायतादेखि निरन्तर घटेको शेयर बजार यो साता भने केही सुधार आएको छ ।

    बिहीबार नेपाल स्टक एक्सचेञ्ज परिसूचक ७४.९३ अकंले बढेर २०३७.६४ विन्दुमा बन्द भएको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज परिसूचक ४१.३९ अकंले बढेर १९६२.७१ विन्दुमा बन्द भएको थियो ।

    आज पुँजी बजारमा नेप्सेमा सूचीकृत २२७ कम्पनीको ७२ लाख ५४ हजार ७० कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४५ करोड ८६ लाख १९ हजार ४९४ रूपैयाँको कारोबार भएको छ ।

    बुधबारको पूँजी बजारमा नेप्सेमा सूचीकृत २२८ कम्पनीको ४३ करोड ८६ लाख ४३९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४३ करोड १४ लाख ६४० रूपैयाँको कारोबार भएको थियो ।

    आज कारोबारमा समेत सुधार देखिएको छ । शिवम् सिमेन्टको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज ९ करोड ९५ लाख २० हजार रूपैयाँको कारोबार भएको हो ।

    त्यस्तै, हिमालयन डिस्टलरीको ७ करोड ९७ लाख ६८ हजार रूपैयाँ, एशियन लाइफ इन्स्योरेन्स ५ करोड ९९ लाख ३० हजार रूपैयाँ, अरूण काबेली पावरको ५ करोड ८३ लाख ८९ हजार रूपैयाँ र लाइफ इन्स्योरेन्स कर्पोरेसनको ५ करोड ६९ लाख ३९ हजार रूपैयाँ कारोबार भएको छ ।

    आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२७ कम्पनीको ७२ लाख ५४ हजार ७० कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४५ करोड ८६ लाख १९ हजार ४९४ रूपैयाँको कारोबार भएको छ ।

    अघिल्लो कारोबारको दिन भने पुँजी बजारमा नेप्सेमा सूचीकृत २२८ कम्पनीको ४३ करोड ८६ लाख ४३९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४३ करोड १४ लाख ६४० रूपैयाँको कारोबार भएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij