Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

कमेडियन कपिलविरुद्ध अमेरिकी कोर्टमा उजुरी

कमेडियन कपिलविरुद्ध अमेरिकी कोर्टमा उजुरी

  • 415
    SHARES
  • कमेडियन कपिलविरुद्ध अमेरिकी कोर्टमा उजुरी

    एजेन्सी, मुम्बई । भारतीय टेलिभिजनका चर्चित कमेडियन कपिल शर्माविरुद्ध न्यूयोर्क कोर्टमा उजुरी परेको छ । कपिल हाल आफ्नो टिमका साथ क्यानडा टुरमा छन् । यही टुरका दौरान उनीमाथि उजुरी परेको हो ।

    images

    कपिलमाथि सम्झौता पुरा नगरेको आरोप लागेको छ । यद्यपि यो मामला अहिलेको नभई सन् २०१५ को हो । साइ यूएसए इन्कले कपिलविरुद्ध उजुरी दर्ता गराएको हो । सन् २०१५ मा कपिलले नर्थ अमेरिकामा केही शोका लागि सम्झौता गरेका थिए । जुन सम्झौताअनुसार उनले कार्यान्वयन गरेनन् ।

    अमेरिकाका लोकप्रिय शो प्रोमोटर अमित जेटलीले कपिलले उक्त समयमा ६ वटा शो गर्नका लागि सम्झौता गरेका बताएका छन् । जसका लागि कपिलले भुक्तानी पनि लिएका थिए । ‘तर न उनले कुनै प्रस्तुती दिए, न त कुनै कुराको उत्तर नै दिए । अदालत जानुअघि मैले उनलाई कैयौंपटक कुरा गर्ने प्रयास गरे, तर त्यो सम्भव देखिएन’, उनले भनेका छन् ।

    जेटलीका अनुसार अहिले पनि यो मामला न्यूयोर्क अदालतमा छ । उनले कपिलविरुद्ध कानूनी कारवाही गराएर छाड्ने अडान लिएका छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology