Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

इसीडी शिक्षक भन्छन् - दरबन्दी कायम गरी प्रावि सरह सेवा सुविधा चाहिन्छ 

इसीडी शिक्षक भन्छन् - दरबन्दी कायम गरी प्रावि सरह सेवा सुविधा चाहिन्छ 

  • 3.2K
    SHARES
  • इसीडी शिक्षक भन्छन् - दरबन्दी कायम गरी प्रावि सरह सेवा सुविधा चाहिन्छ 

    काठमाडौं । देशभरका इसीडी शिक्षकहरु यतिबेला स्थानीय र केन्द्र सरकारलाई झक्झक्याउँदै छन् । इसीडीलाई केन्द्र र स्थानीय तहले आधाआधा तलब दिने गरी नियुक्त गरिएको भएपनि स्थानीय तहले दिनुपर्ने तलब नदिएपछि अधिकांश स्थानीय तहका प्रमुखलाई ज्ञापन पत्र बुझाएका छन् । 

    images

    यतिबेला देशभर इसीडी शिक्षकहरु भर्खरै निर्वाचित भएर आएका जनप्रतिनिधिहरुलाई आफ्नो समस्या सुनाइरहेका छन् । इसीडी शिक्षकहरु संघ र स्थानीय तहलेतलब दिने व्यवस्थाले आफुहरुलाई समस्या मात्रै निम्त्याएको बताउने गरेका छन् । कतिपय स्थानीय तहलेतोकिएकोपुरा तलब दिए पनि अधिकांशले अटेरी गरेपछि देशभर एउटै पदमा कार्यरत इसीडी शिक्षकहरुको सेवासुविधामा भने असमानता देखिएकोछ । 

    सरकारले तोकेको न्युनतम तलब समेत दिन अटेरी गर्ने स्थानीय तहले आफुहरुको माग सम्बोधन गर्छ भन्ने  इसीडी शिक्षकहरुलाइ लागेकाे छैनन् । उनीहरु यतिबेला केन्द्र सरकारले नै इसीडीको दरबन्दी कायम गरी प्रावि शिक्षक सरह तलब सुविधा दिनुपर्ने आवाज उठाउँदै छन् । ललितपुरकी इसीडी शिक्षक जयन्ती बस्नेत भन्छिन् ‘प्रारम्भिक बाल कक्षाका विद्यार्थीलाई पढाउन सहज छैन, हामीले प्राविका शिक्षक सरह नै खटिएर काम गरिरहेका छौँ त्यसैले हामीलाई प्रावि सरह सेवा सुविधा चाहिन्छ ।’

    नेपाल बालविकास शिक्षक, केन्द्रीय समिति अध्यक्ष कृष्णा कुमारी थापा मगरले आफूहरूले इसीडी शिक्षकको दरबन्दी कायम गरी प्रावि सरह सेवा सुविधा पाउनुपर्ने बताउँछिन् । उनले भनिन्  ‘दरबन्दी कायम गरी इसीडी शिक्षकलाई प्रावि शिक्षक सरह सेवासुविधा दिनु आवश्यक छ ।’

     

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology