Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

कोपेनहेगनको सपिङ मलमा गोली चल्यो, तीन जनाको मृत्यु

कोपेनहेगनको सपिङ मलमा गोली चल्यो, तीन जनाको मृत्यु

  • 533
    SHARES
  • कोपेनहेगनको सपिङ मलमा गोली चल्यो, तीन जनाको मृत्यु

    एजेन्सी, कोपनहेगन । डेनमार्कको राजधानी कोपेनहेगनको एक सपिङ मलमा भएको गोलीकाण्डमा कम्तीमा तीन जनाको मृत्यु भएको छ । गोली लागेर तीन जना गम्भीर घाइते भएका छन् ।

    कोपेनहेगनका प्रहरी प्रमुख सोरेन थोमसेनले एक पत्रकार सम्मेलनमा गोलीबारीपछि पक्राउ परेका २२ वर्षीय संदिग्धबारे अनुसन्धान सुरु गरिएको बताए । संदिग्धलाई पक्राउ गर्दा उनीसँग राइफल र गोलाबारुद रहेको डेनिस प्रहरीले जनाएको छ।

    गोलाबारीपछि घटनास्थलमा आमाबाबुले आफ्ना छोराछोरी बोकेर भवनबाट दौडिएका थिए । त्यस्तै, एम्बुलेन्सका कर्मचारीहरूले मानिसहरूलाई स्ट्रेचरमा लैजाँदै गरेका थिए । उक्त हमला अतिवादी गतिविधिसँग जोडिएको भन्ने विषयमा प्रहरीले थप अनुसन्धान सुरु गरिरहेको छ । 
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij