Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

आगामी २४ घण्टा यी चार प्रदेशमा भारी वर्षाको आँकलन

आगामी २४ घण्टा यी चार प्रदेशमा भारी वर्षाको आँकलन

  • 424
    SHARES
  • आगामी २४ घण्टा यी चार प्रदेशमा भारी वर्षाको आँकलन

    काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको कारण देशका धेरै स्थानमा सामान्य बदली रही केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। 

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका धेरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    राती गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू र बाग्मती प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । 

    मंगलबार देशभर आंशिक देखि सामान्य बदली रहने धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    आगामी २४ घण्टा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू र बाग्मती प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन महाशाखाले अनुरोध गरेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij