Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

श्रीलंकामा इन्धन संकटः सबै सरकारी तथा निजी विद्यालय बन्द

श्रीलंकामा इन्धन संकटः सबै सरकारी तथा निजी विद्यालय बन्द

  • 384
    SHARES
  • श्रीलंकामा इन्धन संकटः सबै सरकारी तथा निजी विद्यालय बन्द

    कोलम्बो । चरम इन्धन संकटबीच  श्रीलंकाको शिक्षा मन्त्रालयले सबै सरकारी र निजी विद्यालय सोमबारदेखि एक साताका लागि बन्द गरेकोे छ । श्रीलंकाका शिक्षामन्त्रीले आगामी बिदाको अवधिमा विद्यालयले पाठ्यक्रम समेट्ने बताए । यसअघि १८ जुनमा सरकारले एक साताका लागि सबै विद्यालय बन्द गरेको थियो ।

    images

    लामो समयसम्म विद्युत् कटौतीका कारण कोलम्बो सहरको सीमामा रहेका सबै सरकारी र निजी विद्यालयका साथै अन्य प्रान्तका अन्य मुख्य सहरका विद्यालय एक साता बन्द रहने डेली मिररले जनाएको छ । 

    श्रीलंकाका शिक्षा मन्त्रालयका सचिव निहाल रणसिंघेले विद्यालयहरूलाई अनलाइन कक्षा सञ्चालन गर्न आग्रह गरे ।  यातायातको कठिनाइले विद्यार्थी,  शिक्षक र प्रधानाध्यापकलाई असर नगर्ने अवस्थामा डिभिजन स्तरका विद्यालयका कक्षा सञ्चालन गर्न दिइने पनि उनले बताए ।

    अनलाइन शिक्षणलाई सहज बनाउन साताको एक दिन बिहान ८ बजेदेखि १ बजेसम्म बिजुली कटौती नगर्न श्रीलंकाको पब्लिक युटिलिटिज कमिसन ९पीयूसीएसएल० सहमत भएको उनले बताए । श्रीलंकाले सन् १९४८ मा स्वतन्त्र प्राप्त गरेपछि अहिलेसम्मकै आर्थिक संकट सामना गरेको छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology