Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

सांसदले बाँड्ने बजेट राख्ने सहमतिपछि सोमबारबाट गण्डकी संसद् बैठक सुरु हुँदै

सांसदले बाँड्ने बजेट राख्ने सहमतिपछि सोमबारबाट गण्डकी संसद् बैठक सुरु हुँदै

  • 388
    SHARES
  • सांसदले बाँड्ने बजेट राख्ने सहमतिपछि सोमबारबाट गण्डकी संसद् बैठक सुरु हुँदै

    काठमाडौं । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अर्थमन्त्रीले बजेटमा नराखेपछि अवरूद्ध गण्डकी प्रदेशसभा सोमबारदेखि सुरु हुँदैछ ।

    अर्थमन्त्री र मुख्यमन्त्रीबीचको छलफलमा उक्त कार्यक्रम पुनः बजेटमा राख्न अर्थमन्त्री रामजी बराल सहमत भएपछि सोमबार दिउँसो १ बजेका लागि संसद् बैठक डाकिएको छ ।

    मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको निर्देशन र गठबन्धनको संयुक्त बैठकले दिएको निर्देशनसमेत अटेर गरि बरालले उक्त कार्यक्रम नियतबस छुटाएका थिए ।

    त्यसपछि सरकारले नै संसद स्थगीत गरेको हो । लामो समयको छलफलपछि अर्थमन्त्रीले छुटाएको कार्यक्रम अर्थ विविध शीर्षकबाट राख्न राजी भएका हुन् ।

    बरालले अर्थ विविध शीर्षकमा ३ अर्ब २९ करोड रुपैयाँ राखेका छन् । हरेक वर्ष उक्त कार्यक्रममा ७२ करोड विनियोजन हुने गरेको थियो । अहिले भने कार्यक्रम परेन ।

    निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमकै नाममा नभएपनि नाम फेरेर कार्यक्रम राख्न सहमत भएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

    बरालले उक्त कार्यक्रम केन्द्रिकृत मानसिकताको उपज भएको भन्दै नियतबस हटाएको बताएका थिए ।

    चौतर्फी दवाव थेग्न नसकेपछि उनले कार्यक्रम राख्न सहमति जनाएका हुन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij