Logo

२०७९, श्रावण ३१ गते मंगलवार

२०७९, श्रावण ३१ गते मंगलवार

इसीडी शिक्षक र विद्यालय कर्मचारी भन्छन् – तलब सुविधाका लागि संयुक्त आन्दोलन आवश्यक

इसीडी शिक्षक र विद्यालय कर्मचारी भन्छन् – तलब सुविधाका लागि संयुक्त आन्दोलन आवश्यक

  • 2.3K
    SHARES
  • इसीडी शिक्षक र विद्यालय कर्मचारी भन्छन् – तलब सुविधाका लागि संयुक्त आन्दोलन आवश्यक

    फाइल तस्बिर

    काठमाडौं । सरकारले प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारीकाे तलब सुविधामा विभेद गरेको भन्दै लामो समयदेखि आन्दोलनमा रहेका उनीहरूले अब संयुक्त आन्दोलन आवश्यक रहेको बताएका छन् । संयुक्त आन्दोलनमा जाँदा सरकारलाई दबाब सिर्जना हुने उनीहरूकाे भनाइ छ । 

    इसीडी शिक्षक हेमकुमारी सुवेदीले इसीडी शिक्षकहरूको दरबन्दी कायम गरि प्राथमिक शिक्षक सरहको तलब सुविधा उपलब्ध गराउनुपर्ने बताउँछिन् । अन्य शिक्षक र इसीडी शिक्षकले काम गर्ने समय एउटै भएपनि सरकारले तलब सुविधामा विभेद गरेको बताइन् ।

    अर्की इसीडी शिक्षक चन्द्रकला गिरी आन्दोलनलाई सार्थकता दिन निरन्तर लाग्नुपर्ने बताउँछिन् । इसीडी शिक्षक र विद्यालय कर्मचारी एकजुट भएर जानसके मात्रै आन्दोलनले सार्थकता पाउने उनको भनाइ छ । एकजुट हुँदा सरकारलाई पनि सेवासुविधा वृद्धि गर्न दबाब पर्ने उनको तर्क छ । 

    सरकारले निजामती कर्मचारी र शिक्षकहरूलाई आगामी आर्थिक वर्षबाट १५ प्रतिशतले तलब बृद्धि गर्ने निर्णय गरेपनि बालविकास शिक्षक र विद्यालयक कर्मचारीलाई नसमेटेको उनीहरूकाे गुनासो छ । संघीय सरकारले गत वर्ष इसीडी शिक्षक र विद्यालय कर्मचारीका लागि संघबाट आठ हजार र स्थानीय तहबाट सात हजारगरी जम्मा १५ हजार दिने घोषणा गरेपनि अधिकांश स्थानीय तहले दिएका छैनन् । 

    आगामी आर्थिक वर्षबाट संघीय सरकारबाटै पुरा तलब पाउनुपर्ने र वृद्धि भएको १५ प्रतिशत तलब पनि थपेर दिनुपर्ने उनीहरूको माग छ । त्यस्तै प्रथमिक तहका शिक्षक सरह तलब सुविधा र दरबन्दी कायम गर्नुपर्ने माग राख्दै उनीहरू लामाे समयदेखि आन्दोलनमा छन् । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology