Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

संस्कृत विश्वविद्यालयको दुर्दशाः मूलगेटको ताला खुल्यो, प्रशासनमा दुई महिनादेखि ढोका बन्द!

संस्कृत विश्वविद्यालयको दुर्दशाः मूलगेटको ताला खुल्यो, प्रशासनमा दुई महिनादेखि ढोका बन्द!

  • आषाढ २०, २०७९ सोमवार २२:०१ बजे
  • 345
    SHARES
  • संस्कृत विश्वविद्यालयको दुर्दशाः मूलगेटको ताला खुल्यो, प्रशासनमा दुई महिनादेखि ढोका बन्द!

    दाङ । दाङमा केन्द्रीय कार्यालय रहेको नेपाल संस्कृत विश्वविद्यालयमा निरन्तर तालाबन्दी भइरहेको छ । विश्व विद्यालयमा विद्यार्थीले लगाएका चार वटा तालामा दुई ताला सोमबार खोलिएको छ । 

    images

    प्रशासनिक कक्षमा लगाइएका दुई ताला भने खोलिएको छैन । विभिन्न शैक्षिक सुधारको माग राखेर नेपाल विद्यार्थी संघले दुई महिनाअघि तालाबन्दी गरेको थियो । 

    नेसिवसंघले मागसहित कार्यालयको मूलगेट, प्रशासन शाखा, उपकुलपति र रजिस्ट्रारको कार्यकक्षमा ताला बन्द गरेकोमा सोमबार मूलगेट र प्रशासन शाखामा लगाइएको ताला खोलिएको छ । विद्यार्थी संघको माग सम्बोधन गर्ने प्रतिबद्धता पछि मूलगेट र प्रशासन शाखामा लगाइएको ताला विद्यार्थीहरूले खोलको बताएका छन् । तर, उपकुलपति र रजिस्ट्रारको कार्यकक्षमा लगाइएको ताला भने खोलिएको छैन ।

    नेपाल विद्यार्थी संघले उठाएका १४ बुँदे मागमध्ये आधा बढी माग सम्बोधन भएपछि केन्द्रीय कार्यालयको मूल गेट र प्रशासनको ताला दुई महिनापछि खुलेको हो ।

    विद्यार्थीको परीक्षा र कार्यालयको दैनिक प्रशासनिक कामलाई अवरोध नगर्ने उद्देश्यले मूल गेट र प्रशासनमा लगाएको ताला दुई महिनापछि खोलिएको नेपाल विद्यार्थी संघ नेपाल संस्कृत विश्वविद्यालय संघर्ष समितिका संयोजक चोलेन्द्र रिजालले जानकारी दिए ।

    विश्वविद्यालयले तीन महिनाभित्र दीक्षान्त समारोह कार्यक्रमको आयोजना गर्नुपर्ने, विद्यापीठमा प्रात एवं सामकालीन कक्षाको व्यवस्था गर्नुपर्ने, छात्रावाससँगै पुस्तकालयलाई व्यवस्थित गर्दै ई–लाइब्रेरीका रूपमा व्यवस्थित गर्नुपर्ने, विश्वविद्यालयमा कार्यरत आंशिक प्राध्यापकहरूको व्यवस्थापन गर्नुपर्ने, विद्यार्थी मैत्री पाठ्यक्रमको व्यवस्था गर्नुपर्ने, स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति तोक्नुपर्ने लगायतका मागहरू सम्बोधन भएपछि कार्यालयको मूल गेटमा लगाएको ताला खोलिएको उनले बताए ।

    विश्वविद्यालय र विद्यार्थी संघबीच भएको सहमति अनुसार सोमबार कार्यालयको मूलगेट र प्रशासन शाखाको ताला खोलिएको हो । संघका अन्य मागहरूमा भने विश्वविद्यालय सहमति हुन नसक्दा उपकुलपति र रजिस्ट्रारको कार्यालयमा लगाएको ताला अझै नखोलिएको उनले जानकारी दिए । संघका सबै मागहरू पुरा नहुँदासम्म उक्त तालाहरू बन्द यथावत् रहिरहने उनको भनाइ छ ।


    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology