न्युयोर्क । अमेरिकाको स्वतन्त्रता दिवसको अवसरमा शिकागोमा आयोजित परेडमा अज्ञात व्यक्तिले अन्धाधुन्दा गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ । कम्तीमा २४ जना घाइते भएका छन् ।
१८ देखि २० वर्ष उमेरका एक बन्दुकधारीले उत्सव सुरु भएको १० मिनेटपछि एउटा पसलको छतबाट परेडमा गोली चलाएका थिए । परेड सुरू भएलगत्तै गाेली चल्न थालेपछि परेड रोकिएको थियो ।
गोली चलेपछि सर्वसाधारण मानिस आतंकित बनेर भाग्दै गरेको भिडियो सामाजि सञ्जालमा देख्न सकिन्छ । बन्दुक हमलाबारे प्रहरीले अनसन्धान सुरु गरेको छ । प्रहरीका अनुसार लामो कपाल भएका किशोर उमेरका एक गोरा युवकले गोली चलाएका हुन् ।
गोली चलेपछि प्रहरीले सवैलाई घरभित्रै बस्न अनुरोध गरेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology