काठमाडौं । प्रज्ञा भवनमा नेकपा माओवादी केन्द्रको केन्द्रीयय समितिको पुर्ण बैठक चलिरहदाँ सोही पार्टीको भातृ संगठन अखिल क्रान्तिकारीका उपाध्यक्ष पवन कार्की समुहले भने समानान्तर समितिलाई पुर्णता दिएको छ ।
अध्यक्ष पञ्चा सिंहले संगठनमा विधान विपरित पदाधिकारी चयन देखी केन्द्रिय समितिमा सदस्य थप गरेको भन्दै लामो समय देखी असन्तुष्ट कार्की समुहले अखिल क्रान्तिकारी बिशेष राष्ट्रिय भेला आयोजक समिति गठन गरेर समानान्तर समितिलाई पूर्णता दिएको हो।
सो समुहले १ सय ९७ सदस्य केन्द्रीय आयोजक समिति गठन गर्दै प्रदेश १ मा भरत घिमिरे, मधेस प्रदेशमा शिवराज धमला, बाग्मती प्रदेशमा सुरजसिंह ठकुरी, गण्डकी प्रदेशमा विकास भट्टराई, लुम्विनी प्रदेशमा बिनोद बराल, कर्णाली प्रदेशमा पदम नेपाली, सुदुरपश्चिममा सिके भट्ट र बिशेष प्रदेशमा सञ्जिव कार्कीलाई इन्चार्ज तोकेको छ ।
सो समुहका उपदेश यादवका अनुसार झन्डै २ दर्जन केन्द्रीय विभागमा पनि इन्चार्ज र सह–इन्चार्ज तोकिएका छन्। आगामी बैठकले राष्ट्रिय सम्मेलनको मिति तय गर्ने यादवले जानकारी दिए।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology