Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

अमेरिकाको शिकागोमा अन्धाधुन्द गोली हान्ने संदिग्ध युवक पक्राउ

अमेरिकाको शिकागोमा अन्धाधुन्द गोली हान्ने संदिग्ध युवक पक्राउ

  • 358
    SHARES
  • अमेरिकाको शिकागोमा अन्धाधुन्द गोली हान्ने संदिग्ध युवक पक्राउ

    न्युयोर्क । अमेरिकाको सिकागोमा स्वतन्त्रता दिवसको अवसरमा आयोजित परेडमा अन्धाधुन्द गोली हानेर ६ जनाको हत्या गरेको आरोपमा एक जना संदिग्धलाई प्रहरीले पक्राउ गरेको छ । 

    images

    प्रहरीका अनुसार २२ वर्षीय रोबर्ट ई क्रिमो तृतीयलाई पक्राउ गरिएको हो । हतियारधारी ती व्यक्तिलाई प्रहरीले ‘खतरनाक’ भनेको छ ।

    इलिनोइसको हाइल्याण्ड पार्क सहरमा बन्दुकधारीले छतबाट परेडमा सहभागी मानिसहरूलाई लक्षित गरी हमला गरेका थिए । संदिग्धले उच्च क्षमताको राइफलले परेडमा सहभागीलाई गोली हानेका थिए । आक्रमणमा कम्तीमा २४ जना घाइते भएका छन् ।

    आक्रमणपछि मानिसको भागदौड हुँदा घटनास्थलमा झोला, जुत्तालगायतका सामाग्री यततत्र छोडेको देखिन्छ । गोलाबारीमा पाँच जनाको घटनास्थलमै र अर्का एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

    बारम्बार बन्दुक आक्रमण हुने अमेरिकामा शिकागो हमला पछिल्लो सामूहिक गोलाबारी हो । पछिल्लो हमलाबाट आफू स्तब्ध भएको अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् ।

    अमेरिकाको शिकागोमा सार्वजनिक कार्यक्रममा अन्धाधुन्दा गोली चल्दा ६ जनाको मृत्यु अमेरिकाको शिकागोमा सार्वजनिक कार्यक्रममा अन्धाधुन्दा गोली चल्दा ६ जनाको मृत्यु

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology