Logo

२०७९, श्रावण ३१ गते मंगलवार

२०७९, श्रावण ३१ गते मंगलवार

कृषिजन्य वस्तु निर्यातभन्दा आयात बढी

कृषिजन्य वस्तु निर्यातभन्दा आयात बढी

  • 98
    SHARES
  • कृषिजन्य वस्तु निर्यातभन्दा आयात बढी

    झापा । पूर्वीनाका काँकडभिट्टा भएर कृषिजन्य वस्तुको निर्यातभन्दा आयात बढी भएको छ । चालु आर्थिक वर्षको ११ महिनामा सो नाका भएर ८ अर्ब ६७ करोड २० लाख ६० हजार बराबरको कृषिजन्य वस्तुको आयात भएको छ भने ७ अर्ब ४१ करोड ८९ लाख ३ हजार बराबरको वस्तुको निर्यात भएको क्वारेन्टिन कार्यालय काँकडभिट्टाले जनाएको छ ।

    सबैभन्दा बढी ३ अर्ब ९५ करोड ९६ लाख ४० हजार बराबरको ८०० मेट्रिक टन अलैंची निर्यात भएको छ । कार्यक्रममा नेपालमा उत्पादित अलैंची भारत, बङ्गलादेश र रसिया निर्यात भएको कार्यालयका वरिष्ठ बाली संरक्षण अधिकृत देविन्द्र साहुले जानकारी दिए ।

    उनले यो नाका भएर दोस्रोमा चिया, तेस्रोमा मुसुरो दाल, अम्लिसो, अदुवा, जडीबुटीजन्य पदार्थ, प्लाइउड, तोरीको पिना, वन लसुन बढी मात्रामा निर्यात भएको बताए । संरक्षण अधिकृत साहुका अनुसार आयात हुनेमा सबैभन्दा बढी भटमासको सोयाविन रहेको छ ।

    बङ्गलादेशबाट ३ अर्ब ८० करोड ७७ लाख ७५ हजार बराबरको ७० मेट्रिक टन सोयाविन आयात भएको छ । भटमासको सोयाविन पशुजन्य आहारामा बढी प्रयोग हुँदै आएको उनले जानकारी दिए ।

    उनले चालु आव २०७८/७९ को जेठ मसान्तसम्ममा खाद्यान्न ९८ करोड ४३ लाख ६९ हजार, दलहन (गेडागुडी) १ अर्ब ३३ करोड ८१ लाख १४ हजार, ताजा तरकारी १४ करोड ७१ लाख ९० हजार, ताजा फलफूल ४७ करोड ७७ लाख २२ हजार, मसलाजन्य वस्तु १ अर्ब बढीको आयात भएको बताए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology