Logo

२०७९, श्रावण ३१ गते मंगलवार

२०७९, श्रावण ३१ गते मंगलवार

नेपालमा वैकल्पिक राजनीति र शक्तिको आवश्यकता तथा औचित्य सिद्धिएको छैन : बाबुराम

नेपालमा वैकल्पिक राजनीति र शक्तिको आवश्यकता तथा औचित्य सिद्धिएको छैन : बाबुराम

  • 265
    SHARES
  • नेपालमा वैकल्पिक राजनीति र शक्तिको आवश्यकता तथा औचित्य सिद्धिएको छैन : बाबुराम

    काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले नेपालमा वैकल्पिक राजनीतिक र शक्तिको आवश्यकता तथा औचित्य नसिद्धिएको बताएका छन् ।

    पार्टी अध्यक्ष उपेन्द्र यादवसँग दूरी बढिरहेको बेला डा.भट्टराईले वैकल्पिक शक्तिको आवश्यकता र औचित्यबारे मंगलबार बोलेका हुन् ।

    पूर्वप्रधानमन्त्रीसमेत रहेका डा.भट्टराई ट्वीटरमा लेखेका छन्, ‘देशमा वैकल्पिक राजनीति र शक्तिको आवस्यकतारऔचित्य सिद्धिएको वा नभएको हैन बरू बढेर गएको छ ।’

    आफूहरूले केही समय यता गर्दै आएको वैकल्पिक राजनीतिको प्रयोग परिणाममुखी हुन नसकेको डा.भट्टराईको भनाइ छ । ‘हामीले केही समय यता गर्दै आएको प्रयोग पनि त्यति परिणाममुखी हुन सकिरहेको छैन,’ अध्यक्ष डा.भट्टराईले भने ।

    वैकल्पिक राजनीतिको निर्मम समीक्षा गरेर अघि बढ्ने साहस गर्नुपर्ने बताउँदै डा.भट्टराईले युगीन कार्यभार सजिलै/छिटै पूरा नहुने बताएका छन् । 

    बाबुरामले बोलाए समानान्तर केन्द्रीय समितिको विस्तारित बैठक  बाबुरामले बोलाए समानान्तर केन्द्रीय समितिको विस्तारित बैठक 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology