Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

प्रदेश प्रहरीको अधिकार कटौती गरेको छैन : गृहमन्त्री खाण

प्रदेश प्रहरीको अधिकार कटौती गरेको छैन : गृहमन्त्री खाण

  • 372
    SHARES
  • प्रदेश प्रहरीको अधिकार कटौती गरेको छैन : गृहमन्त्री खाण

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले प्रदेश प्रहरीको अधिकार कटौती नगरेको बताएका छन् ।

    मंगलबार बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा सहभागी गृहमन्त्री खाणले प्रदेश प्रहरीको अधिकार कटौती नगरेको बताएका हुन् ।

    राजधानीको सुरक्षा गर्ने नेपाल प्रहरीको अधिकारभन्दा पनि जिम्मेवारी भएको उनको भनाइ छ ।

    उनले भने, ‘जनताको पनि सुरक्षा गर्ने प्रहरीको जिम्मेवारी हो । अन्तर्राष्ट्रिय परिदृश्य बदलिइरहेका छन् । त्यसकारण सुरक्षा संवेदनशीलता बढिरहेको छ । सुरक्षासँग सम्बन्धी कतिपय नीति निर्णयको गोपनीयता पनि राख्नुपर्ने हुन्छ ।’

    काठमाडौं उपत्यकाको सुरक्षा संवेदनशीलतालाई गम्भीरतापूर्वक हेर्नुपर्ने उनको भनाइ छ । सरकारले राजधानीको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर विधेयक ल्याएको उनले बताए ।

    उनले भने, ‘प्रदेश प्रहरीको अधिकार कटौतीको मनशाय नभई काठमाडौं उपत्यकाको सुरक्षाका लागि विधेयक ल्याइएको हो ।’ 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij