Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

बोक्सीको आरोप लगाई महिलामाथि कुटपिट गर्ने धामी पक्राउ

बोक्सीको आरोप लगाई महिलामाथि कुटपिट गर्ने धामी पक्राउ

  • 398
    SHARES
  • बोक्सीको आरोप लगाई महिलामाथि कुटपिट गर्ने धामी पक्राउ

    काठमाडौं । बोक्सीको आरोप लगाई महिलामाथि कुटपिट गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा धर्मदेवी नगरपालिका-२ तामाफोक बस्ने ३७ वर्षीय मोहन बहादुर कार्की रहेका छन् । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

    झारफुक गर्न गएकी ती ३४ वर्षीया महिलालाई असार १४ गते बोक्सीको आरोप लगाई धामी कार्कीले कुटपिट गरेको प्रहरीले जनाएको छ ।

    कुटपिटबाट उनी घाइते भएको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी मुढेशनिश्चरेबाट खटिएको प्रहरीले कार्कीलाई पक्राउ गरेको हो ।

    घाइतेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij