Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

आधा पांग्रे साइकल, जसले अन्यले जस्तै काम गर्छ

आधा पांग्रे साइकल, जसले अन्यले जस्तै काम गर्छ

  • 604
    SHARES
  • आधा पांग्रे साइकल, जसले अन्यले जस्तै काम गर्छ

    एजेन्सी । साइकलको कुरा गर्दा पांग्रा अत्यावश्यक छन् भन्ने तपाइँलाई लाग्न सक्छ । तर एकजना इन्जिनियरको हालैको आविष्कारले दुई वटा आधा पांग्राले पनि एउटै पूरै पांग्राले जत्तिकै राम्रो काम गर्छ भनेर देखाएका छन् ।

    images

    युक्रेनी इन्जिनियर तथा युट्युबर सर्गी गोर्डिएभ असाधारण, चेनलेस बाइक र आइस बाइकलगायत आफ्ना सरल आविष्कारहरूका लागि परिचित छन् । तर उनको पछिल्लो आविष्कारले उनलाई चर्चित बनाएको छ ।

    यो विचित्रको साइकलमा अगाडिको पूर्ण तर पछाडिको दुई वटा आधा पांग्रा छन् र तिनीहरूले अगाडिकोले जस्तै काम गर्छन् । यो साइकलका दुई आधा पांग्र सही तरिकाले प्रयोग गर्दा एउटा पूर्ण पांग्राले जस्तै राम्रो काम गर्छ भन्दा जोकोहीलाई अचम्म लाग्न सक्छ ।

    तर वास्तविकता यही हो । गोर्डिएभका अनुसार यो साइकलले अन्यले जस्तै राम्रो काम गर्छ । साइकल समतल सतहमा राम्रोसँग दौडने मात्र होइन यसले झन्झट र अवरोध ट्याकल गर्न सक्ने गोर्डिएभ बताउँछन् ।
     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology