Logo

२०७९, श्रावण ३१ गते मंगलवार

२०७९, श्रावण ३१ गते मंगलवार

बाल शिक्षक र कार्यालय सहयोगीको तलब घट्ने

बाल शिक्षक र कार्यालय सहयोगीको तलब घट्ने

  • 26.5K
    SHARES
  • बाल शिक्षक र कार्यालय सहयोगीको तलब घट्ने

    ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकामा नगर परिषद्ले पास गरेको बजेटमा कुनै संशाेधन नभए बाल शिक्षक,कार्यालय सहयोगी र विद्यालय कर्मचारी (लेखापाल) ले साविक खाइपाइ आएको तलबमा बढीमा ३३ र कम्तिमा साढे ३ प्रतिशतसम्म कटौती हुने भएको छ ।

    फुङलिङ नगरपालिकामा ५४ जना बाल शिक्षक,४९ जना कार्यालय सहयोगी र ८ जना विद्यालय कर्मचारी रहेको फुङलिङ नगरपालिकाका शिक्षा अधिकृत प्रकाश पौडेलले जानकारी दिए ।

    पौडेलका अनुसार चालू आर्थिक वर्षसम्म बाल शिक्षक र कार्यालय सहयोगीका लागि नगरपालिकाले संघ सरकारबाट प्राप्त अनुदानमा मासिक जनही ७/७ हजार र विद्यालय कर्मचारीका लागि १ हजार ५ सय रूपैयाँ थप गरी तलबभत्ता निकासा गर्ने गरेको थियो । संघ सरकारबाट शिक्षक र कार्यालय सहयोगीका लागि मासिक जनही ८/८ हजार रूपैयाँ अनुदान आउने गरेको थियो । विद्यालय कर्मचारीका लागि भने संघ सरकारबाट मासिक जनही १३ हजार ५ सय रूपैयाँ प्राप्त हुने गरेको थियो ।

    संघ सरकारबाट प्राप्त हुने ८/८ हजार मासिक अनुदानमा नगरपालिकाले बाल शिक्षक र कार्यालय सहयोगीलाई जनही मासिक ७/७ हजार थप गरी मासिक जनही १५/१५ हजार रूपैयाँ दिने गरेको थियो ।

    विद्यालय कर्मचारीलाई भने संघबाट प्राप्त हुने मासिक जनही १३ हजार ५ सय रूपैयाँमा मासिक जनही १ हजार ५ सय थप गरेर मासिक जनही १५ हजार रूपैयाँ प्रदान हुँदै आएकोमा यसवर्ष नगर परिषद्बाट प्राप्त हुने बजेट संशाेधन नभए तीनै तहमा कार्यरत जनशक्तिको तलब घट्ने देखिएको छ ।

    शिक्षा अधिकृत पौडेलका अनुसार नगर परिषद्ले बाल शिक्षक,कार्यालय सहयोगी र विद्यालय कर्मचारीका लागि भनेर आगामी आवमा ४१ लाख ८६ हजार रूपैयाँ बिनियोजन गरेको छ ।

    ‘परिषद्बाट अनुमोदन भएपनि रातो किताबमा छाप्ने प्रयोजनका लागि प्रमाणीकरण भइसकेको भने छैन’ शिक्षा अधिकृत पौडेलले भने । उनका अनुसार आगामी आवमा बाल शिक्षक,कार्यालय सहयोगी र विद्यालय कर्मचारीका लागि बिनियोजन भएको सो रकममध्ये बाल शिक्षकका लागि संघ सरकारबाट प्राप्त हुने अनुदानमा मासिक जनही ४ हजार,कार्यालय सहयोगीका लागि मासिक जनही २ हजार र विद्यालय कर्मचारीका लागि मासिक जनही १ हजार थप गर्ने गरी बजेटको बाँडफाँडको आधार बनाइएको छ । यसोगर्दा बाल शिक्षकले मासिक अब १२ हजार,विद्यालय कर्मचारीले १४ हजार ५ सय र कार्यालय सहयोगीले १० हजार रूपैयाँ जनही मासिक तलब प्राप्त गर्नेछन् ।

    संघीय सरकारले आगामी आवको बजेटबाट लागु हुने गरी बाल शिक्षकको मासिक जनही २ हजार रूपैयाँ वृद्धि गर्ने भनेको छ । नगर परिषद्को अहिलेको निर्णय संशाेधन नभए र केन्द्र सरकारले वृद्धि गरेको रकम पठाएको अवस्थामा फुङलिङ नगरपालिकामा कार्यरत बाल शिक्षकले अब मासिक १४ हजार रूपैयाँ प्राप्त गर्नेछन् । चालू आर्थिक वर्ष सम्मको अवस्था हेर्दा संघ सरकारले वृद्धि गरेको मासिक २ हजार सहित बाल शिक्षकले मासिक १७ हजार रूपैयाँ पाउनुपर्ने अवस्था रहन्थ्यो । नागरिक दैनिकबाट 

  • सम्बन्धित विषय:

  • # शिक्षक

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology