वेबटिभी खबर
काठमाडौं । निर्वाचन आयोगले आगामी प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन गर्न १० अर्ब रूपैयाँ खर्च हुने प्रारम्भिक अनुमान गरेको छ ।
मौजुदा प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको समयावधि आगामी २२ मंसिरमा समाप्त हुने जानकारी दिएको आयोगले प्रदेशसभा र प्रनिनिधिसभा सदस्यको निर्वाचन २ मंसिरको गर्न मिति सरकारसमक्ष सिफारिस गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको टोलीले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवलाई भेटेर २ मंसिरमा निर्वाचन एकै चरणमा गर्न मिति सिफारिस गरेको हो ।
उक्त निर्वाचन गर्न १० अर्ब खर्च हुने प्रारम्भिक अनुमान गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । यसअघि २०७४ सालमा भएको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा ७ अर्ब ८० करोड खर्च भएको प्रवक्ता पौडेलले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij