Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

सानो भर्‍याङमा स्कुटर दुर्घटना, एक जनाको मृत्यु 

सानो भर्‍याङमा स्कुटर दुर्घटना, एक जनाको मृत्यु 

  • 364
    SHARES
  • सानो भर्‍याङमा स्कुटर दुर्घटना, एक जनाको मृत्यु 

    काठमाडौं । काठमाडौंको सानो भर्‍याङमा गएराति स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

    मृत्यु हुनेमा स्कुटरमा पछाडि सवार चितवनका अन्दाजी ३५ वर्षीय अर्जुन लोहनी रहेका छन् ।

    स्कुटर अनियन्त्रित भएर सडक डिभाइडरमा ठोकिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

    वनस्थलीबाट स्वयम्भु तर्फ आउँदै गरेको बा९५प ९७२३ नम्बरको स्कुटर गएराति सवा २ बजे सडक डिभाइडरमा ठोकिएको थियो ।

    घाइते भएका लोहनीको उपचारको क्रममा स्वयम्भुस्थित मनमोहन अस्पतालमा मृत्यु भएको हो ।

    स्कुटर चालकलाई प्रहरी वृत्त स्वयम्भुले नियन्त्रणमा लिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij