वेबटिभी खबर
काठमाडौ । नेकपा माओवादीका पूर्वस्थायी कमिटीको बैठक खुमलटारमा सुरु भएको छ । जारी केन्द्रीय समितिको तेस्रो पुर्ण बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनुअघि र पदाधिकारी घोषणा गर्नुअघि पूर्वस्थायी कमिटीको बैठक बस्न लागेको हो ।
पार्टीबाट प्रतिनिधित्व गर्ने अर्थमन्त्री जनार्दन शर्मा बिवादित भएपछि बुधवार पनि स्थगित भएको केन्द्रीय समिति बैठकबाट पदाधिकारी टुंगो लगाउने प्रयास स्वरुप बैठक बस्न लागिएको माओवादी नेता हरिबोल गजुरेलले जानकारी दिए ।
उनले भने, ‘पदाधिकारी चयनका बिषयमा प्रारम्भिक कुराकानी भइसकेको छ । त्यसलाई निष्कर्षमा पुर्याउन आज पनि प्रयास जारी रहनेछ । सम्भवतः पदाधिकारी टुंगो गरेर केन्द्रीय समिति बैठक समापान गर्न लागि परेका छौं ।’
आइतबारदेखी सुरु भएको बैठकको सुरुको दिनमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गरेका थिए भने सोही दिन प्रदेश र गैर भौगलिकबाट रिर्पोटिङ भएको ।
दोस्रो दिन केन्द्रीय सदस्यहरूले उक्त दुवै बिषयमा प्रश्न राखेपछि मंगलबार बस्ने गरि स्थगित बैठक त्यसपछि पदाधिकारी चयनका बिषयलाई लिएर आन्तरिक गृहकार्यका कारण दुई दिनसम्म बस्न सकेको थिएन । बैठक अपरान्ह १ बजे बस्दैछ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij