वेबटिभी खबर
काठमाडौं । ट्राफिक प्रहरीले सवारी साधनमा लेखिएका सायरी, गजल, कविता र विभिन्न भनाईहरुलाई मेट्न लगाएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी साधनमा लेखिएको अश्लिल, अपाच्य, गाली, कानुन विपरित तथा सामाजमा विकृत्ति ल्याउने खालका लेखाइहरु मेटाउने अभियान चलाएको हो ।
सवारीका अगाडी, पछाडी, दायाँ, वायाँ लेखिएका यस्ता सामग्रीले चालकको ध्यान मोडिएर दुर्घटना निम्त्याएको पाइएपछि हटाउने अभियान चलाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कानुन विपरीत महिला, बालबालिका, सिमान्तकृत समूदायलाई अपमान र अवहेलना गर्ने गरी कुनै पनि लेख, रचना, कविता, सायरी वा कुनै पनि प्रकारका सामग्री प्रचार प्रसार गर्न वा लेख्न नपाइने त्यस्ता सामग्री हटाउन अभियान नै चलाइएको हो ।
अश्लिल लाग्ने र द्विअर्थी लेखहरुले सामाजिक र मानसिकरुपमा खलल पुग्ने, हिंसा र विकृत्ति बढाउने र सडक सभ्यतामा पनि आँच पुर्याएकोले त्यस्ता गतिविधि रोक्नतर्फ लागि परेको ट्राफिक प्रहरीले जनाएको छ ।
योसँगै सवारी साधनको सिसामा पनि कुनै किसीमको स्टिकर नटाँस्न ट्राफिक प्रहरीले सवारी चालकलाई सचेत गराएको छ ।
ट्राफिक प्रहरीले चालक आसपास क्याबिनको भागमा सजावटका लागि झल्लर लगायतका सामाग्री तथा म्युजिक सिस्टम क्याबिनमा राख्न पनि निषेध गरेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij