Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

फौजदारी कसुर तथा फौजदारी विधेयक पारित

फौजदारी कसुर तथा फौजदारी विधेयक पारित

  • 436
    SHARES
  • फौजदारी कसुर तथा फौजदारी विधेयक पारित

    काठमाडौ । फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक-२०७९ पारित गरिएको छ ।

    प्रतिनिधिसभाको बिहीबारको बैठकले फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक-२०७९ सर्वसम्मतले पारित गरेको हो ।

    कानुन, न्याय तथा संसदीय मामिला मन्त्री श्री गोविन्द प्रसाद शर्मा (कोइराला)ले उक्त विधेयक पारित गरियोस् भनि प्रस्ताव गरेका थिए ।

    सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत उक्त प्रस्तावलाई बैठकले सर्वसम्मतले पारित गरेको जानकारी दिए ।

    निर्णयार्थ प्रस्तुत गरिनुअघि बैठकमा सो विधेयकमाथि छलफल भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक २४ असार दिउँसो २ बजे बस्ने सभामुख सापकोटाले बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij