Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

  • 385
    SHARES
  • ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

    काठमाडौं । भक्तपुरमा मिनी ट्रकको ठक्करबाट बिहीबार राति स्कुटर चालकको मृत्यु भएको छ ।

    चाँगुनारायण नगरपालिका-५ पिखेलमा भक्तपुर डेकोचाबाट चाँगुनारायणतर्फ जाँदै गरेको बा५ख ५४२३ नंको मिनी ट्रकले ठक्कर दिँदा बा६७प ८४२२ नंको स्कुटर चालकको मृत्यु भएको हो ।

    दुर्घटनामा घाइते भएका भक्तपुर नगरपालिका-१ सल्लाघारीका ३२ वर्षीय माधव बस्नेतको शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

    प्रहरीले मिनी ट्रकका चालक भक्तपुर नगरपालिका-८ लिवालीका ४३ वर्षीय सत्यराम कर्माचार्यलाई पक्राउ गरेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij