Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

कार्यालय प्रमुख बिदामा बस्दा सेवाग्राही मर्कामा

कार्यालय प्रमुख बिदामा बस्दा सेवाग्राही मर्कामा

  • 402
    SHARES
  • कार्यालय प्रमुख बिदामा बस्दा सेवाग्राही मर्कामा

    काठमाडौं । मुगुको चारवटा गाउँपालिकालाई कार्यक्षेत्र तोकेर सोरुकोटमा स्थापना गरिएको इलाका प्रशासन कार्यालयको सेवाप्रवाह एक सातादेखि ठप्प छ । इलाका प्रशासन कार्यालयका प्रमुख बिदामा बस्दा एक साताबढी समयदेखि सेवा ठप्प भएको हो ।

    इलाका प्रशासनका शाखा अधिकृत खड्गबहादुर बस्नेत १२ असार असारदेखि बिदामा  बस्दा सेवाप्रवाह ठप्प भएको हो । उनी बिदामा बसेपछि सुब्बाको भरमा कार्यालय सञ्चालनमा  छ ।

    छायाँनाथ रारा नगरपालिका, खत्याड, मुगुम कार्मारोङ्ग गाउँपालिका र सोरु गाउँपालिकालाई कार्यक्षेत्र तोकेर तोकेर सोरु गाउँपालिकाको सोरुकोटमा इलाका प्रशासन कार्यालय स्थापन गरिएको हो ।

    कार्यालय प्रमुख बस्नेत १२ असारदेखि बिदामा बसेपछि सेवाप्रवाह प्रभावित भएको सुब्बा महेशप्रसाद पालले जानकारी दिए । पाललाई कुनै पनि अधिकार नदिँँदा सेवाप्रवाह प्रभावित भएको हो ।

    उनले भने, ‘मलाई कुनै पनि अधिकार र  निर्देशन दिएको छैन । सेवाग्राही रित्तो हात घर फर्कन बाध्य छन् ।’ कार्यालयमा हाल एकजना सुब्बा, एक कम्प्युटर अर्पेरटर र दुई  कार्यालय सहयोगी मात्र छन् ।

    शाखा अधिकृत नहुँदा नागरिकता प्रमाणपत्र जारी गर्ने, राहदानी सिफारिस र अन्य सिफारिसका काम १२ असारदेखि रोकिएको छ । कार्यालयमा नागरिकता, प्रतिलिपि, नाबालिग परिचय पत्र बनाउनका लागि मात्र दैनिक १० भन्दा बढी सेवाग्राही आउँछन् ।

    प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार शाखा अधिकृत बस्नेत छोरा बिरामी भएर घर बिदामा बसेकाले सेवाप्रवाहमा प्रभावित भएको हो । कानुनअनुसार अर्कोलाई अधिकार दिन नमिल्ने र नागरिकता जारी गर्न पनि नमिल्ने उनको भनाइ छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij