Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

ज्यान मार्ने उद्योग मुद्दामा संग्लन ५ जना पक्राउ

ज्यान मार्ने उद्योग मुद्दामा संग्लन ५ जना पक्राउ

  • 288
    SHARES
  • ज्यान मार्ने उद्योग मुद्दामा संग्लन ५ जना पक्राउ

    काठमाडौं । ज्यान मार्ने उद्योग मुद्दामा संग्लन रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा डाक्नेश्वरी नगरपालिका-६ घर भई हाल राजविराज नगरपालिका-८ बस्ने ३३ वर्षीय धनबीर साह, धनबीर साहकी श्रीमती ३२ वर्षीया सरिता देवी साह, राजविराज नगरपालिका-८ बस्ने ५५ वर्षीया अमरिका देवी साह, सोही ठाउँ बस्ने २५ वर्षीया  रन्जु साह र  २२ वर्षीया अर्चना कुमारी साह रहेका छन् ।

    उनीहरुले बलान बिहुल गाउँपालिका-५ घर भई हाल राजविराज नगरपालिका-८ बस्ने ४० वर्षीय विजय कुमार यादव, उनकी श्रीमती तथा छोरी समेतलाई धनबीर साह समेतका व्यक्तिहरूले असार १४ गते बिहान घरेलु हातहतियार प्रयोग गरि टाउको लगायत शरीरको सम्बेदनशील अंगहरुमा प्रहार गरि घाइते बनाएको प्रहरीले जनाएको छ ।

    उनीहरू उपर ज्यान मार्ने उद्योग शीर्षकमा जिल्ला अदालत सप्तरीबाट म्याद थप अनुमती लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij