Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

प्रधानसेनापति र भारतीय राजदूतबीच भेटघाट

प्रधानसेनापति र भारतीय राजदूतबीच भेटघाट

  • 347
    SHARES
  • प्रधानसेनापति र भारतीय राजदूतबीच भेटघाट

    काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत नविन श्रीवास्तवले प्रधानसेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेट गरेका छन् ।

    सैनिक मुख्यालय जंगी अड्डामा गई उनले प्रधानसेनापतिसँग शिष्टाचार भेट गरेका थिए ।

    प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले विज्ञप्ति मार्फत जनाएको छ ।

    ‘यस किसिमको भेटघाटले दुई देशबीच रही आएको आपसी सम्बन्धलाई थप सुमधुर एवम् प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij