Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

चीनमा बच्चा जन्माउन प्रोत्साहन भत्ता

चीनमा बच्चा जन्माउन प्रोत्साहन भत्ता

  • 393
    SHARES
  • चीनमा बच्चा जन्माउन प्रोत्साहन भत्ता

    बेइजिङ । जनसंख्या बढाउने उदेश्यले चीन सरकारले विवाहित जोडिलाई थप बच्चा जन्माउन प्रोत्साहन गरेको छ ।

    जनसंख्या कम नहोस् भनेर सरकारले विवाहित दम्पतीलाई कर र आवास ऋण, शैक्षिक लाभलगायत नगद प्रोत्साहन उपलब्ध गराएको हो ।

    गत वर्षको चीनको जनसंख्या एक अर्ब चालीस करोड १३ रहेको र नवजात शिशुको संख्या एक करोड ६२ लाखमा झरेको ग्लोबल टाइम्सले जनाएको छ । 

    नवजात शिशु र कालगतिले मर्ने चिनियाँ नागरिकको संख्या हाराहारीमा रहेको उक्त पत्रिकाले छापेको छ ।

    दशकौंसम्म चिनियाँ कम्युनिस्ट पार्टीले एक बच्चा नीतिलाई कडाइका साथ कार्यान्वयन गरेको थियो ।

    तर अब दम्पतीले तीन सन्तान जन्माउन पाउने भएका छन् । विवाहित जोडी नयाँ सुविधा र प्रोत्साहन भत्ताप्रति खासै आकर्षित भएका छैनन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij