Logo

२०८१, बैशाख ६ गते बिहिवार

२०८१, बैशाख ६ गते बिहिवार

आलोचनाकाे मनाेविज्ञान

किन अर्काको आलोचना सजिलै पत्याइन्छ ?

किन अर्काको आलोचना सजिलै पत्याइन्छ ?

  • आषाढ २५, २०७९ शनिवार ०९:०३ बजे
  • 505
    SHARES
  • किन अर्काको आलोचना सजिलै पत्याइन्छ ?

    मानिसहरु अर्काकाे आलोचना किन मनपराउँछन ? कसैको सकारात्मक कुरा गर्दा सुन्नेले हत्पत्ति पत्याउँदैन । प्रशंसा पुष्टि गर्न दर्जनौ प्रमाणहरु पेश गर्नुपर्छ । तर आलोचना गर्दा सहजै पत्याउँछन् । 

    images

    सामान्यतया निन्दा वा आलोचना गर्दा त्याे पुष्टि हुने प्रमाण कसैले माग्दैन । प्रशंसा गर्दा विना प्रमाण कोही पनि मान्न राजी हुँदैन । कोही मान्छे असल छ भन्ने कुराको प्रमाण दिन कठिन नै छ । जवकी बद्मासको प्रमाण सहजै भेटिन्छ । सहजै भेटिने प्रमाणमा भने कसैको चासो छैन् । तर, जुन कुराको प्रमाण भेट्न कठिन छ त्यो कुरा प्रमाण विना पत्याउँदैनन् । 

    यसबाट के देखिन्छ भने कसैको पनि निन्दा पत्याउन एउटा ठूलो जमात जतिबेला पनि तयार छ । त्यत्तिमात्र नभएर निन्दाका लागि मनोविज्ञान जगतको बजार एकदमै उर्वर छ । 

    अब हेरौं हाम्रो समाजको समाचारहरु । प्राय निन्दाले ओतप्रोत समाचार बढी रुचाइएका हुन्छन् । कसैको पनि हुर्मत लिएको समाचार छ भने त्यसले राम्रै बजार लिन्छ । सकारात्मक समाचार छ भने आज ‘खासै खबरहरु छैनन्’ भन्ने मानेर पढ्ने मान्छे उदास हुन्छ । 

    निन्दा रुचाइनुका कारणले गर्दा राम्रो मान्छेको पनि केही न केही खराबी खोज्नुपर्ने बाध्यता हुन्छ । किनकी पाठक नै निन्दा रुचाउने भएपछि त्यही अनुसारको समाचार खोज्नुपर्ने वाध्यता आइलाग्छ । त्यसैले पत्रकारिता पनि निन्दा रस कै कला हो । 

    यो विश्व विराट छ । यहाँ उज्यालोसँगै अध्यारो पनि छ । फूल छन भने काँडा पनि उत्ति नै छन् । तर जो निन्दा खोज्न निस्केको छ, त्यसले फूलको खबर नल्याएर काँडाको मात्र ल्याउँछ । त्यसरी निन्दाहरुलाई एकै ठाउँ राखेर हेर्दा दुनियाँ त एकदैम खराब देखिन्छ । 

    जस्तै दुई वटा रातको बीचमा एउटा दिन छ भनेर पनि सोच्न सकिन्छ । अझ दुई लामो कालो रातको बीचमा एउटा सानो दिन हुन्छ भन्न सकिन्छ । यदी प्रशंसा खोज्ने हो भने दुई वटा दिनको बीचमा एउटा रात देखिन्छ । 

    निन्दा खोज्नेले त गुलाफको बोट भेट्यो भने पनि काँडा गन्न थाल्छ । काँडा नै गन्न थालेपछि हातमा घोच्न सक्छ । त्यसले अझ क्रोध बढाउँछ र सर्वत्र काँडामात्र देखिन्छ अनि निन्दातर्फ थप प्रेरित हुन्छ । 

    जो फूल खोज्न निस्केको छ त्यसले फूलको सौन्दर्य देख्छ । काँडाहरु प्रति पनि त्यो प्रेमले भरिन्छ । उसले पक्कै पनि यो सुन्दर फूलको रक्षाका लागि काँडा बनाइएको हो भन्ने सोच्छ । सुन्दर फूलको रक्षा गरेकोमा काँडाप्रति पनि उ प्रेमले भरिन्छ । 

    सबै तपाईंमाथि निर्भर छ । तपाईं कसरी हेर्नु हुन्छ र के हेर्नु हुन्छ । 
    ओशोको प्रवचनबाट 

  • सम्बन्धित विषय:

  • # ओशो

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology