Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

माओवादी पोलिटब्यूराे सदस्यमा गण्डकीका २१ जना

माओवादी पोलिटब्यूराे सदस्यमा गण्डकीका २१ जना

  • 348
    SHARES
  • माओवादी पोलिटब्यूराे सदस्यमा गण्डकीका २१ जना

    काठमाडौं । नेपाल कम्युनिस्ट (पार्टी माओवादी केन्द्र)को पोलिट्ब्युरो सदस्यमा गण्डकी प्रदेशबाट २१ जना मनोनित भएका छन् । १२५ जनाको पोलिटब्यूराेमा गण्डकीका २१ जना परेका हुन् ।

    बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेताहरु देवप्रसाद गुरुङ, देबेन्द्र पौडेल, हितराज पाण्डे, हरिराज अधिकारी, यशोदा गुरुङको नाम पोलिट्ब्युरोमा छ । यस्तै, श्रीराम ढकाल, सुरेश आले, अमृता थापा, देबेन्द्र पराजुली, लेखनाथ न्यौपाने, हरिबहादुर चुमान, कृष्ण धिताल पनि समेटिएका छन् ।

    राजकाजी गुरुङ, अमर तमु, परशुराम रम्तेल, सुशिला सिंखडा, बलावती शर्मा, चुडामणी खड्का, किसान शर्मा र कपिल लामा पोलिट्ब्युरो बनेका हुन् । तिमध्ये अधिकांश गोरखाका छन् । ९ जना गोरखा जिल्लाबाट मात्रै समावेश गरिएका छन् ।

    गएको स्थानीय निर्वाचनमा माओवादीले गोरखामा पुरानो विरासत फर्काएको छ । ११ स्थानीय तह मध्ये ९ पालिकामा चुनाव जितेको हो । गण्डकीका ८५ मध्ये ११ पालिकामा प्रमुख र १९ पालिकामा उपप्रमुख चुनाव जितेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij